Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

घरेलु मैदानमै हार्‍यो युभेन्टस्

एजेन्सी । इटालियन सिरी ‘ए’ को खेलमा युभेन्ट्स पराजित भएको छ। शनिबार राति भएको खेलमा युभेन्टस घरेलु मैदानमै एटलान्टासँग स्तब्ध भयो।

एटलान्टाले युभेन्टसलाई १–० गोलले पराजित गरेको हो। एटलान्टाको लागि डुमान जापटाले निर्णायक गोल गरेका थिए। खराब लयमा रहेको युभेन्ट्सको यो लिगमा पाँचौं हार हो। १४ खेल खेल्दा ६ जित हात पारेको युभेन्ट्स २१ अंक सहित छैटौं स्थानमा छ।

शनिबारनै भएको अर्काे खेलमा इन्टर मिलानले भेनेजियालाई उसकै मैदानमा २–० ले पराजित गरेको छ। इन्टरको जितमा हकान चलहानो ग्लु र लोउटारो मार्टिनेजले समान १ गोल गरे।

जितपछि इन्टर १४ खेलबाट ३१ अंक जोडेर तेस्रो स्थानमा छ। सिरीमा १३ खेल खेल्दा १० जित निकालेको नापोली ३२ अंक सहित शीर्ष स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077