Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • ओलीलाई प्रतिनिधि छान्न सकस

    मलाई उपाध्यक्षमा राख्ने हो भने वरिष्ठ उपाध्यक्ष पद नै खारेज गरौं : नेम्वाङ

    मलाई उपाध्यक्षमा राख्ने हो भने वरिष्ठ उपाध्यक्ष पद नै खारेज गरौं : नेम्वाङ

    अनलाइन नेपाल
  • आइतबार, १२ मंसिर २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    चितवन । केन्द्रीय कमिटीको प्रस्ताव गर्ने सर्वाधिकार आफूमा लिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पक्षका नेताहरुलाई समेत मिलाउन सकेका छैनन् ।

    ओलीले अहिलेसम्म पदाधिकारीमै सहमति जुटाउन सकेका छैनन् । ओलीलाई सबैभन्दा बढी वरिष्ठ उपाध्यक्ष र महासचिवमै सहमति गर्न सकस भएको छ ।



    ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पारेखलको नाम अघि सारेका छन् । अर्का दावेदार सुवास नेम्वाङलाई उपाध्यक्षमा प्रस्ताव गरेका छन् । तर, एमाले संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले वरिष्ठ उपाध्यक्षमा दाबी छाडेका छैनन् ।



    ओलीले पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाएर नेम्वाङलाई उपाध्यक्ष बनाउन चाहेका छन् । तर नेम्वाङले पोखरेललाई नेता नमान्ने सन्देश पठाएका छन् ।

    पूर्व सभामुखसमेत रहेका नेम्वाङले प्रदेश १ का पूर्वमुख्यमन्त्रीसमेत रहेका शेरधन राईलाई आफूले ओली बाहेक अरुलाई नेता नमान्ने भन्दै सन्देश पठाएको बुझिएको छ ।

    नेम्वाङको ‘मेरो नेता केपी ओली हो, म भन्दा सिनियर अरु छैन । यदि मलाई उपाध्यक्षमा राख्ने हो भने वरिष्ठ उपाध्यक्ष पद नै खारेज गरौं ।’ भन्ने सन्देश लिएर राई ओलीलाई भेट्न पुगेका हुन् ।

    नेम्वाङले यस्तो सन्देश पठाएसँगै ओलीलाई प्रतिनिधि छनौट गर्न झन सकस हुने देखिएको छ ।

    यस्तै ओलीले महासचिवमा शंकर पोखरेललाई प्रस्ताव गरेका छन् । अर्का दावेदार विष्णु पौडेललाई उपाध्यक्षमा बस्न आग्रह गरेका छन् । तर, पौडेल सहमत भइसकेको छैन ।

    १० बुँदे सहमति गरेर एमालेमा बसेका नेताहरुको समेत आफूलाई समर्थन गरेको भन्दै उनी पोखरेललाई महासचिव छाड्न तयार भएका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार