Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • विमलेन्द्र निधि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत

    विमलेन्द्र निधि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत

    अनलाइन नेपाल
  • आइतबार, १२ मंसिर २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधी धनुषा क्षेत्र नम्बर ३ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।

    आइतबार भएको धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा उपसभापति निधीसहित बाँकी महाधिवेशन प्रतिनिधि पनि सर्वसम्मत निर्वाचित भएका छन् ।



    उपसभापति निधी पत्नी अनामिका निधी, प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनाक्षी झा, प्रतिनिधि सभा सदस्य स्मृतिनारायण चौधरी, प्रदेश सांसद शिवचन्द्र चौधरी र प्रदेश सांसद प्रमीला दास सर्वसम्मत महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन् ।



    त्यसैगरि, धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापतिमा धिरेन्द्र निधी सर्वसम्मत निर्वाचित भएका छन् । धनुषाका बाँकी निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी नै रहेको नेपाली कांग्रेसका युवा नेता परर्फुल घिमिरेले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार