Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बलात्कारी चिनियाँ नागरिकलाई छुटाउने भन्दै २० लाख लिने युवती परिन फन्दामा

    बलात्कारी चिनियाँ नागरिकलाई छुटाउने भन्दै २० लाख लिने युवती परिन फन्दामा

    अनलाइन नेपाल
  • सोमबार, १३ मंसिर २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । महानगरिय अपराध महाशाखाले बलात्कार मुद्दामा थुनामा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने भन्दै २० लाख ठगी गर्ने युवतीलाई पक्राउ गरेको छ । गत असार १८ गते जबर्जस्ती करणी उद्योग मुद्दामा पक्राउ परी हाल पुर्पक्षको लागि डिल्लीबजार कारागार चारखालमा रहेका चिनियाँ नागरिक लिउ यूलाई छुटाइदिने भन्दै उनकी श्रीमतीसँग २० लाख लिएर फरार भएकी काभ्रेकी रविना थापा पक्राउ परेकी हुन् ।

    थापाले लिउलाई थुनामुक्त गराई दिन्छौं भनि चाईनिज नागरिककी श्रीमती कमला भुषालसँग २० लाख लिएको खुलेको छ ।



    रत्ननगर नगरपालिका–३ चितवन टाँडी घर भई हाल बुढानिलकण्ठ नगरपालिका–१० सुकेधारा बस्ने भुषालले पनौती नगरपालिका–१० काभे्र घर भई सुकेधाराकै शान्तिकोलोनी बस्ने बर्ष २७ की रबिना थापाले श्रीमानलाई छुटाइदिने वहानामाम २० लाख रकम लिएको भन्दै महाशाखामा उजुरी गरेकी थिइन् ।



    भुषाले महाशाखामा दिएको उजुरीमा थापाले मञ्जु ओली समेतको सहयोगमा आफ्नो मान्छे वकिल छन्, उनले न्यायाधिश, वकिल सबै चिनेका छन्, सेटिङ मिलाई तपाईको श्रीमान् लाई धरौटीमा छुटाई दिन्छु, सेटिङ गर्नको लागि खर्च लाग्छ, मैले भने अनुसार रकम दिदै जानु, तपाईको श्रीमान् लाई निकाली दिन्छौ भनी प्रलोभनमा पारी २० लाख ठगी गरेको उल्लेख गरेकी छन् ।

    भुषालले रविना थापा र मञ्जु ओलीकाविरुद्ध महाशाखामा जाहेरी दरखास्त पेश गरेकोमा महाशाखाको टोलीलाई थापालाई छाउनीबाट पक्राउ गरे पनि ओली भने फरार छिन् । पक्राउ परेकी थापालाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाईएको महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार