Jul 15 2026 | २०८३, आषाढ ३१ गते

15 Jul 2026 | बुधवार, आषाढ ३१ गते २०८३

बुधवार, आषाढ ३१ गते २०८३
images
images

नेपाललाई गुमराहमा राखेर ओलीका 'प्यारा सचिब'लाई मन्त्री आलेले किन च्यापे ?

काठमाडौं । निजामती क्षेत्रमा बद्नाम मानिने महेश्वर न्यौपाने संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको सचिव बन्न सफल भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले १० जना सचिवको सरुवा गरेको थियो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीनिकट न्यौपाने एकीकृत समाजवादीका नेता प्रेमबहादुर आले पर्यटनमन्त्री भएको बेला पर्यटन सचिव भएपछि एकीकृत समाजवादीका नेता/ कार्यकर्ता आश्चार्यमा परेका छन् ।

न्यौपानेलाई पर्यटनमा लैजान आलेले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई जानकारी नै नदिएर चलखेल गरेको स्रोतको भनाइ छ। आलेले नै मन्त्रिपरिषद्मा दबाब दिएर न्यौपानेलाई पर्यटन सचिब बनाएको स्रोतले वताएको छ।

पर्यटनका आम्दानी हुने बाटाहरु सबै जानकारी भएका उनी मन्त्री प्रेम आलेलाई प्रभावमा पारेर पर्यटन सचिव बन्न सफल भएका हुन् ।

न्यौपाने ओली सरकारका पालामा गृहसचिव हुँदा प्रहरीको सरुवा तथा बढुवामा आफ्नै भान्जा सुजन पौडेलमार्फत आर्थिक चलखेल गरेर विवादमा तानिएका थिए ।

ओली प्रधानमन्त्री हुँदा नेकपा एमालेका  नेता महेश बस्नेतले उनलाई गृहमा ल्याएका थिए । प्रहरी संगठनलाई ओलीको निर्देशनमा न्यौपानेले खेलौना नै बनाएको उच्च प्रहरी अधिकारीहरुले नै वताउँदै आएका छन्।

न्यौपानेले ओलीको निर्देशन बाहेक कसैको सल्लाह पनि नमानी काम गरेर ओलीलाई रिझाएका थिए। त्यतिखेर उनले गृहमा झन्डै २ बर्ष बिताएका थिए। न्यौपानेले अहिले पनि देउवा सरकारका महत्वपूर्ण सुचनाहरु ओली र महेश बस्नेतलाई पुर्याउने गरेको उनी निकट स्रोत वताउँछ। न्यौपानेमाथि गृह मन्त्रालयमा आएपछि ओलीको निर्देशनमा काम गरेको र कांग्रेस निकटका कर्मचारीहरुलाई विना कारण दुःख दिएको आरोप पनि लागेको थियो । न्यौपाने यसअघि पनि पर्यटन मन्त्रालयका सचिव थिए ।

यसअघि देउवा सरकारकै पालामा जितेन्द्र देव पर्यटन मन्त्री हुँदा उनी पर्यटन सचिव थिए । लुम्बिनी विकास कोषको नियुक्ति अड्काएपछि ओली प्रधानमन्त्री हुने दिन २०७४ फागुन २ मा उनको सरुवा भएको थियो । केपी शर्मा ओली सरकारमा आएपछि न्यौपानेले लामो समय गृहमन्त्रालय सम्हाल्ने मौका पाए ।

आर्थिक रुपमा निकै बद्नाम मानिने न्यौपानले उद्योग विभागको महानिर्देशक हुँदा एनसेलको शेयर खरिद विक्री (एसपीए) गराएका थिए । न्यौपानले गर्दा एनसेलले ७२ अर्ब पूँजीगत लाभकर नतिरी टेलियासोनेराका सञ्चालक स्वीडेन भागेका थिए ।

एनसेलबाट ७२ अर्ब लाभकर असुली नहुनुका पछाडि महेश्वर न्यौपाने पनि कारक हुन् । चूडामणी शर्मा, शोभाकान्त पौडेल जस्तै न्यौपानेले पनि एनसेललाई लाभकर छल्न सहयोग गरेका थिए । यदि न्यौपानेले नेपाली लगानीकर्ता निरज गोविन्द श्रेष्ठको २० प्रतिशत शेयर शतिशलाल आचार्यकी श्रीमती भावना सिंह श्रेष्ठको नाममा नामसारी नगरेको भए एनसेल लाभकर तिर्न बाध्य हुन्थ्यो ।

उद्योग विभागबाट अर्थ मन्त्रालय, निर्वाचन आयोगमा गएपछि पनि न्यौपाने आर्थिक मामलामा विवादमा आए । निर्वाचन आयोगमा हुँदा तत्कलिन प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवसँग मिलेर गाडी खरिददेखि विभिन्न शिर्षकमा करोडौं भ्रष्टाचार गरेका थिए ।

गृह मन्त्रालयको सचिव भएपछि प्रहरीका सरुवा बढुवा, ठेक्कापट्टादेखि मनाङमा सशस्त्रको पर्वतिय तालिम केन्द्रको जग्गा खरिदमा १० करोड भ्रष्टाचार काण्डमा पनि उनी मुछिएका थिए ।

नेपाल प्रहरीको यूएन मिसनका लागि हुने प्रिस्याट परिक्षाको प्रश्नपत्र आउट भएको विषयमा छानविन गर्दै जाँदा उनी समेत संलग्न भएको देखिएपछि सिपाही हवल्दारलाई कारबाही गरी उक्त प्रकरण ढिसमिस पारिएको थियो ।

गृह सचिव हुँदा उनले नै एक इन्सपेक्टरलाई म्यासेन्जरमार्फत परीक्षा अगावै प्रश्नपत्र पठाएको भेटिएपछि उक्त प्रकरणमा डिएसपीद्वय बासुदेव पाठक, रुपेश खड्का, इन्सपेक्टर निरज पुनसहितका मुख्य दोषीलाई उम्काएर हवल्दार कुमार साह र सिपाहीलाई मात्रै बर्खास्त गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077