Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

महाधिवेशनको नाममा चुनावको तयारी भइरहेछ: प्रचण्ड (भिडियोसहित)

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सबै राजनीतिक दलहरुले महाधिवेशनको नाम चुनावको तयारी गरिरहेको बताएका छन्।

मंगलबार पार्टिका रुपन्देही जिल्ला इन्चार्ज रामप्रसाद बन्जाडेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी पनि आम निर्वाचनको तयारीमा लागेको बताए ।

मुलुक चुनावतिर जान लागेको भन्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफ्नो पार्टीले पनि त्यसको तयारी गरिरहेको बताए । उनले चुनाव धाँधलीरहित, विश्वसनीय र सबैको पहुँचमा हुनुपर्ने धारणा राखे । ‘चुनावलाई निष्पक्ष र धाँधलीरहित बनाउन दलहरूबीच आपसी समझदारी र सहकार्य जरूरी छ’ प्रचण्डले भने ।

स्वर्गीय नेता बन्जाडे सधै पार्टीप्रति वफादार र साधारण जीवनशैलीका व्यक्ति भएको भन्दै उनको जीवनशैलीबाट कार्यकर्ताले सिक्नुपर्ने बताए ।

हेर्नुहोस् भिडियो:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077