Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

राप्रपा र हाम्रो गोत्र मिल्छ, पूर्व राजामहाराजाले गरेको त्यागको गर्व गर्नुपर्छ: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले राष्ट्रिय स्वभिमानका लागि बिगतमा पूर्वराजा, महाराजाहरुले खेलेको भूमिकाको प्रशंसा गरेका छन्।

बुधबार राजधानीको भृकुटीमण्डपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अधिवेशनमाअध्यक्ष प्रचण्डले आगामी दिनमा पार्टीले पूर्णता पाओस् भन्दै शुभकामना व्यक्त गरे।

‘नेपाल राष्ट्रलाई स्वाभिमान र अखण्डताका लागि हिजो महाराजाधिराजलगायतले गरेको त्याग तपस्याको गर्व गर्नुपर्छ, प्रचण्डले भने, 'तर, आज यो फेरिएको छ । हामी २१ औं शताब्दीमा छौं । इतिहासलाई गर्व गर्दैमा वर्तमानलाई बिर्सिनु हुँदैन।’

यस्तै, पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफू गणतन्त्रवादी र राष्ट्रवादी रहेको बताए। अध्यक्ष प्रचण्डले राप्रपा र आफ्नो गोत्र पनि मिल्ने बताए।

‘तपाईहरुसँग मत विचार दर्शन त मिल्दैन । म गणतन्त्रवादी, धर्म निरपेक्षतावादी तर, म तपाईहरुजस्तै राष्ट्रवादी,' प्रचण्डले भने, ‘राजनीतिक अराजकता पैदा नहोस् भन्नका लागि संविधान बनाउन तपाईहरुले मद्दत गर्नुभयो । त्यस अर्थमा तपाईहरु धन्यवादका पात्र हुनुहुन्छ।’

६ दिनअघि भएको एमालेको १०औँ महाधिवेशनमा सहभागी नभएका प्रचण्ड राप्रपाको महाधिवेशनमा भने सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077