Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतमा कार दुर्घटना हुँदा एकै अस्पतालका ५ कर्मचारीको मृत्यु

एजेन्सी । उत्तरी भारतको हरियाणा राज्यमा शुक्रबार भएको सडक दुर्घटनामा निजी अस्पतालका पाँच कर्मचारीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

भारतको राजधानी दिल्लीको बाहिरी भागमा रहेको गुरुग्राम जिल्लाको साधराना गाउँ नजिकै उक्त दुर्घटना भएको हो । सेक्टर ८४ स्थित जेनेसिस अस्पतालका ६ जना कर्मचारी अस्पताल फर्किंदै गर्दा स्थानीय समय अनुसार बिहान १ बजे दुर्घटना भएको हो ।

हरसरु–साधराना सडकमा तीब्र गतिमा गुडिरहेको कार अनियन्त्रित भई इँटामा ठोक्किएर सडक छेउमा पल्टिएको स्थानीय समचार द ट्रिब्यूनले प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै लेखेको छ । घाइते कर्मचारीलाई अस्पताल भर्ना गरिएको छ ।

समाचारकाअनुसार पीडितहरू आफ्ना सहकर्मीको विवाह समारोहमा भाग लिएर अस्पताल जाँदै थिए । मृतकहरु विभिन्न राज्यका रहेको पत्रिकाले जनाएको छ ।

'हामीले शवलाई शवगृहमा राखेका छौं र परिवारलाई जानकारी गराएका छौं। हामी यस विषयमा थप अनुसन्धान गरिरहेका छौं,' प्रहरी अधिकारी राकेश कुमारलाई उद्धृत गर्दै अखबारले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077