Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • जनकपुरमा माछा, मासु र मदिरा विक्री वितरणमा रोक

    जनकपुरमा माछा, मासु र मदिरा विक्री वितरणमा रोक

    अनलाइन नेपाल
  • शुक्रबार, १७ मंसिर २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    जनकपुरधाम । रामजानकी विवाहपञ्चमी महोत्सवलाई लक्षित गरी जनकपुर नगर क्षेत्रभित्र शुक्रबार (आज) देखि माछा, मासु र मदिरा विक्री वितरणमा रोक लगाइएको छ।

    शुक्रबार जनकपुरधाम उपमहानगरपालिकाले एक सूचना जारी गर्दै माछा, मासु र मदिरा बिक्री वितरणमा रोक लगाएको हो ।



    विवाहपञ्चमी महोत्सवलाई मध्यनजर गर्दै आजदेखि मंसिर २६ गतेसम्म माछा, मासु र मदिरा तथा लागुपदार्थ सेवन तथा बिक्री वितरण पूर्ण रूपले निषेध गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न प्रसाद उपाध्यायले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।



    आजदेखि जनकपुरधाममा विवाहपञ्चमी महोत्सव सुरु हुँदैछ । पहिलो दिन जनकपुर नगर दर्शन गरिँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार