Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

२० वर्ष लामो प्रेमपछि प्रदेश सांसद यादवले गरिन् अन्तरजातीय विवाह

धनुषा । नेकपा एकीकृत समाजवादीको २ नम्बर प्रदेशसभा सदस्य मञ्जु यादवले विवाह गरेकी छिन्। सांसद यावदले महोत्तरीको भंगहा नगरपालिका– ९ स्थित अजगेवाका सूर्यनारायण ठाकुर (बरही) सँग शुक्रबार अन्तरजातीय विवाह गरेकी हुन्।

उनीहरु एउटै नगरपालिकाका हुन्। बेहुला ठाकुर हरिणमरी गाउँका हुन् भने बेहुली प्रदेश सांसद यादव अजगेवा गाउँकी हुन्। विद्यार्थीकालदेखि नै मञ्जु र सूर्यनारायण प्रेममा रहेको बताइएको छ।

उमेरले प्रदेश सांसद करिब ३५ वर्ष पुगे पनि घरपरिवारमा विवाहका लागि राजीखुसी नहुँदा उनीहरुको विवाह हुन सकेको थिएन। तर प्रदेश सांसद यादवले २० वर्षपछि प्रेमलाई मुर्तरुप दिँदै विवाह गरेकी हुन्।

०५८ सालमा जनकपुरधाम स्थित राराब क्याम्पसमा दुवै जना पढ्दै गर्दा आपसमा प्रेम बसेको थियो। प्रेम बसेको लामो समय पछि अन्ततः घरपरिवारकै सहमतिमा उनीहरुले विवाह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077