Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रचण्ड र रेणुलाई जिताउने जनता हेर्न नारायणी किनारमा मेला लगाइयो (भिडियो)

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पछिल्लो समय चितवन सबै पार्टीको नजरमा परेको बताएका छन् ।

शनिबार बिहान भरतपुर महानगरपालिका-२६ दिव्यनगरमा आयोजित राजनैतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चितवन सबैको रोजाइमा पर्नु खुसीको कुरा भएको बताए ।

एमालेले महाधिवेशनचितवनमा गरेकोतर्फ संकेत गर्दै प्रचण्डले भने, 'कोही लोभले, कोही डाहले, कोही मायाले, कोही केले, कोही केले सबै चितवन नै आउन चाहने भए आजभोलि । अस्ति भर्खर ठूलो मेला लाग्यो नि नारायणी नदी किनारमा । चितवनलाई माया गरेर त होला त्यत्रो मेला लाग्यो यहाँका बाटाघाटा कस्ता रहेछन् भनेर हेर्न पनि होला ।'

त्यस्तै अध्यक्ष प्रचण्डले आफूलाई माया वा घृणा गरेर जे भए पनि चितवन आउनु खुसीको कुरा भएको बताए, 'अनि प्रचण्डलाई र रेणुलाई जिताउने जनता कस्ता रहेछन् भनेर हेर्न पनि होला । यहाँको नारायणी, राप्ती, रिउ देवघाट मौलाकालिकाजस्ता पर्यटकीय र धार्मिक स्थल हेर्न पनि होला । प्रचण्डलाई माया गरेर वा घृणा गरेर जे भए पनि चितवन आए तपाईं हामी चितवनवासीलाई खुसीकै कुरा हो ।'

हेर्नुहोस् भिडियो:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077