Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस बागमती: बानियाँलाई प्रधानको साथ, एक्लै भए केसी

मकवानपुर । नेपाली कांग्रेस वागमती प्रदेशको सभापतिमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहले संस्थापन पक्षका उम्मेदवार ईन्द्रबहादुर बानियाँलाई समर्थन गरेको छ।

यसअघि शनिबार भएको  निर्वाचनमा कुनैपनि उम्मेदवारको पक्षमा बहुमत नआएपछि प्रदेश सभापतिका लागि बानियाँ र जगदीश्वर नरसिंह केसीबीच आज पुन: दोस्रो चरणको निर्वाचन हुँदैछ।

दोस्रो चरणको निर्वाचनअघि सिटौला समूहका अर्का उम्मेदवार भीमसेनदास प्रधानले बानियाँलाई समर्थन गरेको जानकारी दिएका हुन् ।

शनिबार भएको निर्वाचनमा सभापति पदका उम्मेदवारबानियाँले सबैभन्दा बढी ९९२, केसीले ८७२ र प्रधानले १९७ मत ल्याएका थिए।

कांग्रेसको विधानमा सभापतिमा कूल खसेको मतको ५१ प्रतिशत मत ल्याएमात्र विजयी हुने प्रावधान रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077