Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • घिमिरेलाई २ मतले पछि पार्दै कांग्रेस प्रदेश १ सभापतिमा थापा विजयी

    घिमिरेलाई २ मतले पछि पार्दै कांग्रेस प्रदेश १ सभापतिमा थापा विजयी

    अनलाइन नेपाल
  • सोमबार, २० मंसिर २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा उद्धव थापा निर्वाचित भएका छन् । थापा देउवा–सिटौला पक्षका उम्मेदवार हुन् ।

    उनले ८४४ मत ल्याएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी पौडेल समूहका गुरु घिमिरेलाई २ मतान्तरले पराजित गरेका हुन्। १७५२ मत खसेकोमा संस्थापन इतर पक्षका घिमिरेले ८४२ मत पाएका छन्। प्रदेश १ मा कांग्रेस सभापतिका लागि शनिबार मतदान भएको थियो ।



    कसको कति मत ?



    सभापति :

    १.उद्दव थापा – ८४४

    २.गुरुराज घिमिरे –८४२

    उपसभापति :

    १.गोबिन्द प्रसाद ढुंगाना ( केदार ) –७६५

    २.टंक प्रसाद राई –८४७

    ३.रमेशजंग रायमाझी –८९१

    ४.बिश्वनाथ रिजाल ( त्रिलोचन ) –६६९

    महामन्त्री :

    १.उमेश थापा –८२३

    २.दिपनकुमार श्रेष्ठ –७६४

    ३.पदम सुन्दर पालुङ्गवा– ८०७

    ४.भुपेन्द्र राई –८२४

    सह–महामन्त्री :

    १.प्रमिला गछदार –८३७

    २.सीता कार्की–७३३

    सह–महामन्त्री :

    १.खड्ग फागो –१०२६

    २.रोहित कुमार शाह –६६५

    ३.बिनोद कुमार बस्नेत –७४७

    ४.विरकाजी राई –६४७

    ५.शुभचन्द्र राई –८४

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार