Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रदेश अधिवेशनको नतिजाबारे समीक्षा गर्न पौडेल समूहका नेताहरु छलफलमा

    प्रदेश अधिवेशनको नतिजाबारे समीक्षा गर्न पौडेल समूहका नेताहरु छलफलमा

    अनलाइन नेपाल
  • सोमबार, २० मंसिर २०७८
  • 936
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरु छलफलमा जुटेका छन्। पार्टीको प्रदेश अधिवेशन सकिएपछि चुनावी नतिजाबारे समीक्षा गर्न जुटेका हुन्।

    सभापतिका आकांक्षी वरिष्ठ नेता पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला छलफलमा जुटेका हुन्। बैठक केन्द्रीय महाविधेशनका विविध विषयमाथि पनि केन्द्रित हुने बताइएको छ।



    त्यस्तै उनीहरुले टिमबाट सभापतिको साझा उम्मेदवार चयन गर्ने विषयमा पनि छलफल गर्नेछन्। पौडेल समूहले गण्डकी र लुम्बिनीमा राम्रो वर्चस्व जमाएपनि अन्य चार प्रदेशमा भने हार बेहोरेको छ। प्रदेश अधिवेशनबाट फर्किएका नेताहरू केन्द्रीय महाधिवेशनको साझा उम्मेदवार तय गर्दै रणनीति तय गर्न छलफलमा जुटेका हुन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार