Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

दुबई जाँदै गरेका ७६ नेपालीलाई मध्यराति एयरपोर्टबाटै फर्काइयो

काठमाडौं । दुबई घुम्न जाँदै गरेका ७६ जना यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ। नेपाल वायुसेवा निगमको विमानबाट आइतबार राति काठमाडौंबाट दुबई जान लागेका उनीहरुलाई विमानस्थलस्थित अध्यागमन कार्यालयले फर्काएको हो।

७६ जना नै ललितपुरको एक सहकारीका शेयर सदस्यहरु रहेका छन्। जाउलाखेलस्थित शुभेक्षा बहुउदेश्यीय सहकारीका शेयर सदस्य तथा पदाधिकारीको ७६ जनाको समूहलाई जहाज चढ्नुअघि अध्यागन कार्यालयले फर्काइदिएको हो। उनीहरू राति साढे ११ बजे दुबईका लागि उड्दै थिए।

दुबई एक्स्पोमा भाग लिन काठमाडौंबाट दुबई जान लागेको उनीहरु बताएका छन्। तर भिजिट भिषामा शंका लागेपछि अध्यागमन विभागले उनीहरुलाई रोकेको हो। ती यात्रुहरू जनही १ लाख ७ हजार रुपैयाँको टुर प्याकेज किनेर दुबई जाँदै गरेको बताइएको छ।

कालिकास्थानस्थित अध्यागन विभागले ललितपुर महानगरपालिकाको नियमनभित्र पर्ने यो सहकारीका सदस्यहरूले भ्रमण सम्बन्धी कागजपत्र पूरा नभएकाले राति फर्काउनु परेको जनाएको छ। अध्यागमले महानकारले अनुमति दिएको पत्र मागेको थियो। विमानस्थलमा रहेको निगम कार्यालयका कर्मचारीका अनुसार अध्यागनले जान नदिने भएपछि करिब १ घन्टा ती यात्रुहरूले अध्यागमन डेस्कअघि नाराबाजीसमेत गरेका थिए।

उनीहरुको फर्काइँद यात्रुको खानासहित करिब ७० लाख घाटा निगमले ब्यहोरेको छ। आइतबार मध्यरातको यो घटनाको सोमबार कालिकास्थानस्थित अध्यागन विभाग र पर्यटन मन्त्रालयमा उजुरी परेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077