Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कांग्रेस पौडेल समूहमा घनीभूत छलफल : युवा नेताको छुट्टै भेला, को बन्ला सभापतिको साझा उम्मेदवार ?

    कांग्रेस पौडेल समूहमा घनीभूत छलफल : युवा नेताको छुट्टै भेला, को बन्ला सभापतिको साझा उम्मेदवार ?

    अनलाइन नेपाल
  • मंगलबार, २१ मंसिर २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । नेपाली काग्रेसको महाधिवेशन आगामी शुक्रबारबाट शुरु हुँदैछ। महाधिवेशनको शुरु हुनै लाग्दा नेताहरुको सक्रियता बढेको छ।

    विशेषगरी पछिल्लो समय संस्थापनइतर समूहका शीर्ष नेताहरु आपसी भेला र छलफलमा जुटिरहेका छन्। वडा, नगर, जिल्ला हुँदै प्रदेश अधिवेशन सकिएपछि नेताहरुले त्यसको समीक्षा गरिरहेका छन्।



    अधिवेशनमा संस्थापन पक्ष अर्थात शेरबहादुर देउवालाई बलियो देखेपछि इतर समूहमा सभापतिको साझा उम्मेदवार ठड्याउनु पर्ने दबाब महसुस भइसकेको छ। सबै अलगअलग लड्दा देउवालाई स्वतः फाइदा पुग्ने अवस्था देखिएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापतिको साझा उम्मेदवार बनाउनेबारे परामर्श गरिरहेका छन्।



    सोमबार साँझ पौडेल निवास बोहोराटारमा सभापतिका आकांक्षी नेताहरू पौडेल, प्रकाशमान सिंह र डा. शशांक कोइराला र डा. शेखरबीच छलफल भएको थियो।

    सभापतिका दाबेदार बसेर साझा उम्मेदवार तय गर्न नसकेपछि मंगलबार दिउँसो १ बजे प्रकाशमान सिंहको निवास चाक्सिवारीमा केन्द्रीय सदस्यसहितको बैठक बोलाइएको छ। तीन दिनभित्र साझा उम्मेदवार तय गर्ने गरी पौडेल समूह कसरतमा जुटेको छ।

    सभापतिको साझा उम्मेदवार बनाउन युवा नेताहरूले पनि छुट्टै छलफल अगाडि बढाएको बताइएको छ। सोमबार दिउँसो तीन बजे शेखर कोइरालासँगको छलफलपछि युवा नेताहरूले छुट्टै छलफल गरेका थिए।

    सोमबार साँझ ५ बजेपछि भएको छलफलमा युवा गगन थापा, बद्री पाण्डे, चन्द्र भण्डारी, धनराज गुरुङ, दीपक गिरी र सरिता प्रसाईँलगायतको सहभागी रहेको थियो।

    उनीहरुबीच आज बिहान ९ बजे पनि छलफल हुँदै छ। आजको छलफलका युवा केन्द्रीय सदस्य, केही पूर्व जिल्ला सभापति र केही वर्तमान जिल्ला सभापतिबीच छलफल हुन लागेको जनाइएको छ।

    पौडेल समूहबाट शेखरलाई सभापतिको बलियो दाबेदार मानिएको छ। केही समयअघि पौडेल र शशांकले साझा उम्मेदवार बन्ने भए त्याग गर्न तयार रहेको सन्देश दिएका थिए। यसो त प्रकाशमान हालसम्म पछि नहट्ने स्थितिमा छन्। केन्द्रीय सदस्यहरुको विचार बुझेर यसबारे एक निर्णयमा पुग्ने तयारीमा पौडेल पक्ष लागेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार