Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस बागमती प्रदेश: पदाधिकारीको नतिजा सार्वजनिक, को-को बिजयी भए ? (सूचीसहित)

मकवानपुर । गत शनिबार सम्पन्न भएको नेपाली कांग्रेस बागमती प्रदेशको पदाधिकारीको निर्वाचनको नतिजा सार्वजनिक गरिएको छ ।

सोमबार राति सम्पन्न मतगणनाअनुसार कांग्रेस बागमती प्रदेश उपसभापतिमा मोहन बस्नेत र चन्द्र महर्जन विजयी भएका छन्।

निर्वाचन आयोगका अनुसार बस्नेत र महर्जन क्रमशः एक हजार ५९ र एक हजार ३७ मतसहित उपसभापतिमा विजयी भएका हुन् । उक्त पदका लागि उम्मेदवारी दिएका निकटम प्रतिद्वन्द्वी धर्मराम गौतम एक हजार चार र राजेन्द्रप्रसाद बुर्लाकोटी ८३९ मतसहित पराजित भएका छन्।

यसैगरी, महामन्त्रीमा कन्चन चन्द्र बादे र राजु श्रेष्ठ विजयी भएका छन् । सो पदका लागि माइकल रामचन्द्र अर्याल, तिलकप्रसाद रुवारी, गौरीप्रसाद दवाडी र सुरेश श्रेष्ठको उम्मेदवारी परेको थियो ।

यस्तै महिलातर्फकोे सहमहामन्त्रीमा जीवन डङ्गोल विजयी भएकी छिन् । जसमा निर्मला बस्ताकोटी (निरु खड्का) र मोतीमाया तामाङको उम्मेदवारी थियो।

यसैगरी खुल्लातर्फको सहमहामन्त्रीमा ऋषिराम घिमिरे र हरिशरण श्रेष्ठ विजयी भएका छ न्। उक्त पदका लागि सात जनाको उम्मेदवारी परेको थियो । जसमा बिरबहादुर तामाङ, महेन्द्र थिङ, राजकुमार पाठक, जगन्नाथ धिमाल र जयनारायण सापकोटा मतसहित पराजित भएका छन्।

कांग्रेस बागमतीको सभापतिमा भने ईन्द्रबहादुर बानियाँ विजयी भएका छन्।

हेर्नुहोस् सूची:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077