Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चाक्सीबारी बैठकमा पौडेलले भने- साझा उम्मेदवार लागि जस्तोसुकै त्याग गर्न पनि तयार छु

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकताका लागि त्याग गर्न तयार रहेको बताएका छन् ।

मंगलबार दिउँसो नेता प्रकाशमान सिंहनिवास चाक्सीबारीमा बसेको आफूपक्षीय नेताहरुको छलफलमा पौडेलले साझा उम्मेदवार बनाउनका लागि त्याग गर्ने बताएका हुन्।

बैठकमा सहभागी कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेका अनुसार बैठकमा बरिष्ठ नेता पौडेलले साझा उम्मेदवारको धारणा तय गरेका थिए ।

यस्तै, नेता सिंहले पनि साझा उम्मेदवारबारे छलफल भइरहेको तर निष्कर्षमा पुग्न बाँकी रहेको बताएएको घिमिरेले बताए । नेताहरुलाई सहमतिमा पुग्न दबाब स्वरुप युवाहरुले बैठकस्थलबाहिर प्लेकार्डसहित प्रदर्शन गरिरहेका छन् ।

उनीहरुले 'साझा उम्मेदवारको विकल्प छैन', 'एकता मात्रै जितको आधार हो', 'नेताहरु मिल्नुस् कांग्रेस जोगाउनुस्' जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077