Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • गगनको चिन्ता, ‘कांग्रेस अब पनि सुध्रिएन भने समाप्त हुन्छ’

    गगनको चिन्ता, ‘कांग्रेस अब पनि सुध्रिएन भने समाप्त हुन्छ’

    अनलाइन नेपाल
  • मंगलबार, २१ मंसिर २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले नेपाली कांग्रेसलाई सुध्रिने यो नै अन्तिम अवसर रहेको बताएका छन्। काठमाडौंमा एक कार्यक्रममा बोल्दै युवा नेता थापाले आफ्नो पार्टी अब पनि नसुध्रिए समाप्त हुने बताएका छन्।

    पार्टी सकिए आफ्नो र पार्टीका नौ लाख कार्यकर्ताको भविष्य पनि समाप्त हुने उनको भनाई छ। पार्टीलाई भोट दिने नौ लाख कार्यकर्तालाई कांग्रेस सकिन्छ कि भन्ने डर लागेजस्तै नेपाली कांग्रेसको रुख चिह्नमा मत नहालेको मानिसलाई समेत कांग्रेस सकिन्छ भन्ने महसुस हुन लागेको उनले बताए।



    कांग्रेसले अबको चुनाव किन जित्नुपर्छ भनेर जनतालाई बोध गराउन सक्नुपर्ने थापाले जानकारी दिए। ‘कसले बिगा¥यो कांग्रेस भन्ने मात्रै होइन, कसले सुधार्छ कांग्रेस भन्ने मात्रै होइन, किन सुधार्ने कांग्रेस ? काँग्रेस सुध्रियो भने के हुन्छ ? सुध्रेन भने कांग्रेस सकिन्छ । कांग्रेस सकियो भने के हुन्छ ? सकियो भने म नेपाली कांग्रेसको कार्यकर्ता भएकाले गर्दा मेरो सबै कुरा पार्टीसँग छ । हामी नौ लाख पार्टीका कार्यकर्ता छौँ,’ उनले भने।



    थापाले अघि भने, ‘हाम्रो पार्टी नै सकियो भने हाम्रो अस्तित्व जोडिएको कुराको नाश हुने कुरा हो। नेपाली कांग्रेसको अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको हामी नौ लाख मान्छेलाई कांग्रेस सुध्रियोस् भन्ने कुरा लाग्यो वा कांग्रेस सकिन्छ भन्ने कुराको डर लागे जस्तै नेपाली कांग्रेसलाई कहिल्यै मत नहालेको मान्छेलाई पनि कांग्रेस सुध्रिनुपर्छ भन्ने लाग्ने कुराको आवश्यकताको बोध गराउन सक्यौँ भने हामी त्यसै विजयी भयौँ, नभए भएनौँ।’

    नेता थापाले यो महाधिवेशनपछि नेपाली कांग्रेसको सदस्यता कहिल्यै नलिएको, सदस्य कहिल्यै नभएको १५ लाख नयाँ मान्छेलाई नेपाली कांग्रेससँग जोड्नुपर्ने बताए। पार्टीमा म्यासेज र म्यासेन्जर दुवै आवश्यक रहेको बताउँदै नेता थापाले पार्टीमा नेता, कार्यकर्तालाई मात्र नभइ अन्य नागरिकलाई जोडिने वातावरण सिर्जना गर्नुपर्ने भनाइ राखे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार