Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आफू बैठकस्थल बाहिर बस्छु भन्दै एकाएक सिटौला निवास पुगे रामचन्द्र

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच भेट्न उनको निवास पुगेका छन्।

बत्तिसपुतलीमा आफूपक्षीय नेताहरुसँगको छलफल चलिरहँदा बीचमै निस्किएका पौडेलले पूर्वमहामन्त्री सिटौलालाई भेटेका हुन् ।

स्रोतका अनुसार सिटौला निवासमा भएको छलफलमा वरिष्ठ नेता पौडेलले पार्टी सभापतिमा आफूलाई निर्वाचित गर्न सहयोग गर्न आग्रह गरेका थिए । तर, सिटौलाले आफ्ना टीमका अरु नेताहरुसँग छलफल गरेर जवाफ दिने बताएका छन् ।

संस्थापनइतर समूहबाट सभापतिको उम्मेदवार चयन गर्न अन्तिम रस्साकस्सी चलिरहेको छ । पौडेल समूहबाट नेता पौडेलसहित पूर्वमहामन्त्री प्रकाशमान सिंह र डा. शेखर कोइराला सभापतिका आकांक्षी छन् ।

सिंह र कोइरालाबीच सहमति नजुटे पौडेल आफैं सभापतिका लागि अगाडि बढ्ने रणनीतिमा छन् । सभापतिका अर्का आकांक्षी शशांक कोइरालाले भने पौडेलका लागि पछि हट्ने बताइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077