Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • फकाउने रणनीतिमा पौडेल:

    आफू बैठकस्थल बाहिर बस्छु भन्दै एकाएक सिटौला निवास पुगे रामचन्द्र

    आफू बैठकस्थल बाहिर बस्छु भन्दै एकाएक सिटौला निवास पुगे रामचन्द्र

    अनलाइन नेपाल
  • बुधबार, २२ मंसिर २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच भेट्न उनको निवास पुगेका छन्।

    बत्तिसपुतलीमा आफूपक्षीय नेताहरुसँगको छलफल चलिरहँदा बीचमै निस्किएका पौडेलले पूर्वमहामन्त्री सिटौलालाई भेटेका हुन् ।



    स्रोतका अनुसार सिटौला निवासमा भएको छलफलमा वरिष्ठ नेता पौडेलले पार्टी सभापतिमा आफूलाई निर्वाचित गर्न सहयोग गर्न आग्रह गरेका थिए । तर, सिटौलाले आफ्ना टीमका अरु नेताहरुसँग छलफल गरेर जवाफ दिने बताएका छन् ।



    संस्थापनइतर समूहबाट सभापतिको उम्मेदवार चयन गर्न अन्तिम रस्साकस्सी चलिरहेको छ । पौडेल समूहबाट नेता पौडेलसहित पूर्वमहामन्त्री प्रकाशमान सिंह र डा. शेखर कोइराला सभापतिका आकांक्षी छन् ।

    सिंह र कोइरालाबीच सहमति नजुटे पौडेल आफैं सभापतिका लागि अगाडि बढ्ने रणनीतिमा छन् । सभापतिका अर्का आकांक्षी शशांक कोइरालाले भने पौडेलका लागि पछि हट्ने बताइसकेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार