काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक जारी रहेको छ ।
पार्टी कार्यालय सानेपामा जारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता प्रकाशमान सिंह भने अनुपस्थित रहेका छन् ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आजको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले लेखा प्रतिवेदन पेश गर्नेकार्यसूची रहेको छ ।
साथै १३ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको अन्तिम बैठक भएकाले सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकालमा सहयोग गर्ने पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्ने कार्यक्रम रहेको पौडेलले जानकारी दिए।
महाधिवेशन यही मङ्सिर २४ देखि २७ गतेसम्म काठमाडौँमा हुँदैछ । महाधिवेशनको उद्घाटन मङ्सिर २४ गते दिउँसो १ बजे भृकुटीमण्डपमा हुने र सोही स्थानमा रहेको हलमा बन्द सत्र हुनेछ भने भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा मतदान हुने पार्टी कार्यालयले जनाएको छ ।