Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेस महाधिवेशनमा ट्वीस्ट: रामचन्द्रलाई सर्वसम्मत सभापति चुन्ने निधिको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका सभापति पदका प्रत्यासी विमलेन्द्र निधिले दिएको पछिल्लो अभिव्यक्तिले पार्टीभित्र ट्वीस्ट थपिएको छ।

पार्टी उपसभापति समेत रहेका निधिले शुक्रबारदेखि सुरु हुन गइरहेको पार्टीको १४ औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति बनाउन प्रस्ताव गरेपछि ट्वीस्ट आएको हो।

महाधिवेशनमा आफैं उम्मेदवारी घोषणा गरेका निधिले शुक्रबार बिहान चितवन-काठमाडौं प्रजातान्त्रिक संगमले जावालखेलमा आयोजना गरेको कार्यक्रममा यस्तो प्रस्ताव राखेका हुन्।

कार्यक्रममा बोल्दै निधिले पौडेललाई न्याय पनि हुने र पार्टीमा पनि एकताका सन्देश जाने भन्दै सर्वसम्मतिको प्रस्ताव राखेका बताए । कांग्रेस संस्थापन पक्षका नेता निधिले पार्टी सभापति देउवाको साथ छाड्दै सभापतिमा सबैभन्दा पहिले आफ्नो दाबेदारी प्रस्तुत गरेका थिए ।

‘पार्टीभित्र एकताको सन्देश दिन जरुरी छ । यदि पोडेलललाई सर्वसम्मत सभापति बनाउने हो भने म स्वीकार गर्छु,' निधीले भने, 'सर्वसम्मत नभएको अवस्थामा सभापतिमा मेरो दाबी यथावत रहन्छ ।’

महाधिवेशन आजदेखि सुरु हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077