Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नाडाको अध्यक्षमा ध्रुवबहादुर थापा बिजयी

    नाडाको अध्यक्षमा ध्रुवबहादुर थापा बिजयी

    अनलाइन नेपाल
  • शुक्रबार, २४ मंसिर २०७८
  • 1.1K
    SHARES

    काठमाडौँ । नेपाल अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को अध्यक्षमा पोखराका व्यवसायी ध्रुवबहादुर थापा विजयी भएका छन्।

    करण चौधरीलाई ६६ मतान्तरले पराजित गर्दै थापा अध्यक्षमा निर्वाचित भएका हुन् । प्रमुख निर्वाचन अधिकृत एवं अधिवक्ता बालकृष्ण ढकालका अनुसार थापाले कूल एक हजार ४१३ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी चौधरीले एक हजार ३४७ मत प्राप्त गरेका थिए।



    कूल १७ सदस्यीय कार्यसमितिमा अनुपकुमार बराल एक हजार ४६३, मिलनबाबु मल्ल एक हजार ४६५, राजनबाबु श्रेष्ठ एक हजार ४५७, सुरेन्द्रकुमार उप्रेती एक हजार ४३२, सुनिल रिजाल एक हजार ४०२, अभिक ज्योति एक हजार ३८३, प्रकाश कपुरी एक हजार ३७९, विक्रम सिङ्घानियाले एक हजार ३७१ र गोपाल भट्टराईले एक हजार ३६५ मत ल्याएर विजयी भएका छन्।



    त्यस्तै, नीलमणि पाठक एक हजार ३५४, वरदान बस्नेत एक हजार ३५० र पङ्कज अग्रवालले एक हजार ३३४, निराकर श्रेष्ठ एक हजार ३६४, यमुना श्रेष्ठ एक हजार ३५५, कपिल शिवाकोटी एक हजार ३४८, प्रदीपमान प्रधान एक हजार ३४६ र आकाश गोल्छा एक हजार ३३९ मत ल्याएर विजयी भएको प्रमुख निर्वाचन अधिकृत ढकालले जानकारी दिए ।

    कूल तीन हजार २०० सदस्य रहेको नाडामा दुई हजार ७८८ मात्र मत खसेको थियो । यसअघि, संस्थागत सदस्यतर्फ सातै प्रदेशमा निर्विरोध निर्वाचित भइसकेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार