Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आयात प्रतिबन्ध हटाउन माग गर्दै नाडाद्वारा आन्दोलनको घोषणा

    आयात प्रतिबन्ध हटाउन माग गर्दै नाडाद्वारा आन्दोलनको घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, १६ मंसिर २०७९
  • 783
    SHARES

    काठमाडौं । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपाल (नाडा) ले निजी प्रयोजनका कार, जीप भ्यान तथा १५० सिसि माथिका दुई पाँग्रे सवारी साधनहरुको आयातमा लागेको प्रतिबन्ध तत्काल हटाउन माग गरेको छ ।

    नाडाले आज पत्रकारसम्म गरी आयात प्रतिबन्ध खुलासहित विभिन्न १० बुँदे माग सार्वजनिक गरेको हो । अटोमोवाइल व्यवसायको पुनरुत्थानका लागि कर्जामा पुनरतालिकीकरण तथा व्याजदरमा विशेष सहुलियतको व्यवस्था गर्न माग गरेको हो ।



    चालू पुँजी कर्जा मार्गदर्शन खारेज, माैद्रिक नीति परिमार्जन, ब्याजदर नियन्त्रण र गाडी आयात फुकुवा माग गर्दै आन्दोलन घाेषणा गरेका छन्।



    नाडाका अध्यक्ष ध्रुव थापाले आफूहरुको माग तत्काल सम्बोधन नभए यही २२ गते बिहान ११ बजे देखि २ बजेसम्म राजधानीको माइतिघर मण्डलामा धर्ना दिने र सातै प्रदेशमा एकै पटक धर्नामा वसी आन्दोलनमा उत्रने जानकारी दिए ।

    जसले कर तिरेकाे छ उसैलाई सरकारले पेलेकाे व्यवसायीले आराेप लगाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार