Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनले घोषणा गरे आन्दोलन

    अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनले घोषणा गरे आन्दोलन

    अनलाइन नेपाल
  • सोमबार, २५ असार २०८०
  • 861
    SHARES

    काठमाडौं । अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनले संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।

    सोमबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनले तीन बुँदे मागसहित आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।



    यस्तै उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने, विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर लागू गर्नुपर्ने माग अघि सारेको छ ।



    यही असार २६ गते देशव्यापी रुपमा हस्ताक्षर अभियान चलाउने, २७ गते शान्तिपूर्ण प्रदर्शन गर्ने, र ३१ गते वृहत् अन्तरक्रिया कार्यक्रम गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    संयुक्त प्रेस विज्ञप्ति

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार