Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • शैक्षिक परामर्श संघ संस्थाहरुद्वारा आन्दोलनको घोषणा

    शैक्षिक परामर्श संघ संस्थाहरुद्वारा आन्दोलनको घोषणा

    अनलाइन नेपाल
  • बिहिबार, १४ बैशाख २०८०
  • 480
    SHARES

    काठमाडौं । वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९ व्यावहारिक नभएको भन्दै शैक्षिक परामर्श क्षेत्रका संघ संस्थाले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ल्याएको उक्त निर्देशिकाको विरोधमा उनीहरूले सोमबारदेखि आन्दोलनको घोषणा गरेका छन् ।



    बिहिबार शैक्षिक परामर्श क्षेत्रका विभिन्न ७ वटा संस्थाहरूले पत्रकार सम्मेलन गर्दै सरकारले निर्देशिका जारी गरेर भविष्यमा नेपाली विद्यार्थी विदेश पढ्न जान रोक लगाउन खोजेको आरोप लगाएका छन् ।



    निर्देशिका संशोधन गरिनुपर्ने भन्दै नसच्याएसम्म आन्दोलन जारी राख्ने परामर्श व्यवसायीहरूले बताएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार