Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मलमा अनुदान कटौती गर्ने सरकारको निर्णयविरुद्ध आन्दोलनको घोषणा

    मलमा अनुदान कटौती गर्ने सरकारको निर्णयविरुद्ध आन्दोलनको घोषणा

    अनलाइन नेपाल
  • बुधबार, १ चैत्र २०७९
  • 735
    SHARES

    काठमाडौं । काँग्रेस–एमालेसहितका किसान संघ, संगठनहरुले मलका दिँदै आएको अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन ।

    बुधबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी काँग्रेस निकट नेपाल किसान महासंघ, एमाले निकट अखिल नेपाल किसान महासंघ र राष्ट्रिय प्रजातन्त्र पार्टी निकट नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका हुन ।



    पत्रकार सम्मेलनमा किसानहरूलाई दिइदै आएको अनुदान फिर्ता गराउनका लागि चैत्र ३ गते शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने जनाईएको छ ।



    त्यस्तै, देशभरका स्थानीय स्तरमा संयुक्त किसान संघर्ष समिति निर्माण गरी धर्ना, जुलुस, चक्काजाम लगायतका आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरिएको अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले बताए ।

    उनले किसानलाई राहत दिनका लागि सुरु गरिएको सो आन्दोलन आफूहरूको माग पूरा नभएसम्म जारी रहने चेतावनी समेत दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार