Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • अखिल क्रान्तिकारीले बनायो ९९९ सदस्यीय आयोजक कमिटी

    अखिल क्रान्तिकारीले बनायो ९९९ सदस्यीय आयोजक कमिटी

    अनलाइन नेपाल
  • बिहिबार, ९ कार्तिक २०८०
  • 693
    SHARES

    काठमाडौं । अखिल क्रान्तिकारीको विद्यामान केन्द्रीय समितिलाई विस्तार गरी नौ सय ९९ सदस्य आयोजक समितिमा रूपान्तरण गरेको छ ।

    असोज १९ गते क्रान्तिकारीको केन्द्रीय समिति बैठकको निर्णय अनुसार विद्यामान समितिलाई २३ औँ राष्ट्रिय आयोजक समितिमा रूपान्तरण गरिएको हो ।



    उक्त बैठकले विद्यामान केन्द्रीय समितिका पदाधिकारी, सदस्य, केन्द्रीय निकायका पदाधिकारी तथा सदस्यहरू स्वतः प्रतिनिधि हुने व्यवस्था खारेज गरी निर्वाचन प्रक्रियाबाट चुनिएर आउनुपर्ने निर्णय गरेको थियो ।



    असन्तुष्ट पक्ष पवन समूहलाई समेत समेटेर पदाधिकारी ९९ सदस्य र केन्द्रीय समिति ९९९ सदस्य बनाएको छ । यसअघि २२ औँ सम्मेलनबाट ४१ सदस्य पदाधिकारी चयन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार