Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • अखिल क्रान्तिकारीले भन्यो – भुटानी शरणार्थी प्रकरणमा संलग्न जो सुकै हुन् कारबाही गरियोस्

    अखिल क्रान्तिकारीले भन्यो – भुटानी शरणार्थी प्रकरणमा संलग्न जो सुकै हुन् कारबाही गरियोस्

    अनलाइन नेपाल
  • मंगलबार, २६ बैशाख २०८०
  • 540
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले सरकारलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा संलग्न जोकोहीलाई कुनै पनि बहानामा कारबाही प्रक्रिया नरोक्न अनुरोध गरेको छ ।

    अखिल क्रान्तिकारी विद्रोही समूहका संयोजक पवन कार्कीले एक विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेका हुन् ।



    उनले उक्त कार्यमा संलग्न व्यक्तिहरू जुनसुकै पार्टी वा संगठनमा आबद्ध भए पनि सम्बन्धित पार्टी वा संगठनले तत्काल निलम्बन गरी सरकारको छानबिन प्रक्रियामा सहजीकरण गर्नका निम्ति सम्बन्धित संघ, संगठन र पार्टीहरुलाई अपील गरे ।



    ‘यस्तो गंभीर प्रकारको भ्रष्ट र ठगी प्रकरणमा संलग्न भएका जुनसुकै तह र तप्काका जो सुकै व्यक्ति माथि निर्धक्क भएर निर्मम रुपमा छानबिन गरी कारवाही गर्न जोडदार माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार