Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • माओवादी पदाधिकारीको बैठक बालुवाटारमा

    माओवादी पदाधिकारीको बैठक बालुवाटारमा

    अनलाइन नेपाल
  • बुधबार, १४ चैत्र २०८०
  • 369
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड को सरकारी निवास बालुवाटारमा केहीबेर अघि बैठक सुरु भएको हो ।

    बैठकमा वैशाख १५ गते हुने उपनिर्वाचनबारे छलफल हुनेछ । इलाम २ को उपनिर्वाचनमा एमालेले सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ।



    गठबन्धनमै रहेको रास्वपा पनि उम्मेदवारबारे छलफलमा छ । यस्तोमा माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने कि गठबन्धनका उम्मेदवारलाई सघाउने भन्ने विषयमा पदाधिकारी बैठकमा छलफल हुनेछ।



    त्यस्तै नयाँ बनेको गठबन्धनमा प्रदेश सरकार भागबन्डाबारे पनि आजको पदाधिकारी बैठकमा छलफल हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार