Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेस महाधिवेशन: भृकुटीमण्डप आइपुगे पौडेल, देउवाले संकेत गरेको कुर्सीमा बसेनन् !

काठमाडौँ । आजदेखि सुरु हुन गइरहेको पार्टीको १४ महाधिवेशनको उद्घाटन सत्रमा भाग लिन कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल कार्यक्रमस्थल आइपुगेका छन्।

पार्टी सभापति शेरबहादुर देउवाका जोतिष रिजालले उद्घाटनको साइत १ बजे जुराइदिए पनि अहिलेसम्म नेताहरु आउने क्रम जारी नै रहेको छ। कार्यक्रममा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवा यसअघि नै आइसकेका छन् । उनी पौडेलभन्दा केही बेर अघि आइपुगेका थिए।

महाधिवेशनको उद्घाटन अघि सांगीतिक कार्यक्रम भइरहेको बेला मन्चमा उक्लिएका नेता पौडलले हात हल्लाउदै सबैलाई स्वागत गरेका थिए । पौडेललाई देउवाले आफ्नो दाहिनेतर्फ रहेको कुर्सीमा बस्न आग्रह गरेका थिए तर पौडेल भने अर्कोतर्फ बसेका छन्।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्ग्देन र राजमोकी उपाध्यक्ष दुर्गालगायतका नेताहरु आइसकेका छन् ।

उद्घाटन केहीबेरमा सभापति देउवाले गर्दै छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077