Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेसमा नैतिक शक्तिको उत्थान गर्न जरुरी: रामचन्द्र पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा नैतिक शक्तिको उत्थान गर्न जरुरी रहेको बताएका छन्।

शुक्रबार साँझ पार्टीको १४औं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै नेता पौडेलले पार्टीलाई विकृतिको अखडाबाट मुक्त गर्न सकेमात्र लोकतन्त्र सार्थक हुने बताए ।

नेता पौडेलले पार्टीलाई सक्षम बनाउन तयारीका साथ जानुपर्नेमा त्यसो हुन नसकेको भन्दै देश गतिहीन र अवरुद्ध भएको भन्दै संसद चल्न नसकेको, सर्वोच्च अदालत अस्तव्यस्त भएको, सरकार गतिहीन भएको बताए ।

देशमा आएको परिवर्तन अनुसार कांग्रस अघि वढ्यो कि वढेन भनेर आत्मसमीक्षा र आत्ममूल्यांकन र आत्मसमीक्षा गर्ने बेला भएको भन्दै यो अधिवशेनमा यसको समीक्षा गर्नुपर्ने बताए ।

सम्बोधनमा नेता पौडलले निमुखा जनताले न्याय नपाएको भन्दै दलका पहुँच भएका सदस्यले मात्र न्याया पाएको भन्दै उनले अति दलबन्दीबाट देशलाई मुक्त गर्न जरुरी रहेको बताए ।

पार्टीभित्रको आन्तरिक लोकतन्त्र संस्थागत गरी समयमै काम गर्न जरुरी रहेको नेता पौडलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077