Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

देउवा र सिटौलाबीच कुरा मिल्यो, पौडेललाई महामन्त्री बनाइने

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापन पक्ष र सिटौला समूह मिलेर अघि बढ्ने भएको छ।

पछिल्लो अवस्थाअनुसार कृष्ण प्रसाद सिटौला समूहमा रहेका प्रदीप पौडेललाई महामन्त्री बनाउने गरी सहमति भएको छ।

केहीबेर अघि भएको सहमतिअनुसार पौडेललाई महामन्त्री बनाएर जान देउवा पक्ष र सिटौला पक्षले सहमति गरेका छन्। कांग्रेसमा तेस्रो धार भनेर चिनिएको सिटौला पक्षले संस्थापन र पौडल दुवै समूहसँग भागबण्डा मिलाउनेबारे कुरा गरिरहेको थियो।

आजको सहमतिअनुसार अब संस्थापन र सिटौला पक्ष मिलेर निर्वाचनमा जानेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077