Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निधिले साथ दिए पनि सिंहले नछाड्दा ब्याक भए पौडेल, कुनै पनि पदमा प्रतिस्पर्धा नगर्ने घोषणा

काठमाडौं । सभापतिमा उम्मेदवारी घोषणा गरेका कांग्रेस उपसभापति विमलेन्द्र निधिले रामचन्द्र पौडेललाई सभापतिमा साथ दिने बताइरहेका बेला बरिष्ठ नेता पौडेले भने जारी महाधिवेशनमा प्रतिस्पर्धा नगर्ने जनाएका छन् ।

आज बिहान आफ्नै निवास बोहोराटारमा कार्यकर्तासँग भेट गर्दै नेता पौडेल जारी महाधिवेशनमा आफू सहभागी भए पनि कुनै पदका लागि उम्मेदवारी नदिने बताएका हुन् ।

कांग्रेस नेता प्रकाशमान सिंहले सभापतिमा गरेको दाबीबाट पछि नहटेपछि पौडेले पछि हटेका हुन् । लामो समयदेखि संस्थापन इतरको समूहबाट सहमतिमा सभापतिको उम्मेदवारी दिने जनाएका समूहले अन्तिम समयसम्म पनि साझा उम्मेदवारमा सहमति जनाउन नसकेपछि पौडेल ब्याक भएका हुन् ।

शनिबार बिहान पौडेल निवासमा भएको भेलामा गगन थापा, बद्री पाण्डे, मिनेन्द्र रिजाल, दिलेन्द्र बडुलगायत पौडेलपक्षीय नेता उपस्थिति थिए ।

पौडेलले आफू उम्मेदवार नबन्ने घोषणा गरे पनि आफ्नो समर्थन कता हुने भन्ने कुरा भने खुलाएनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077