Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • को–को परे देउवाको प्यानलमा ? (नाम सहित)

    को–को परे देउवाको प्यानलमा ? (नाम सहित)

    अनलाइन नेपाल
  • शनिबार, २५ मंसिर २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । ठूलो रस्साकस्सीपछि सभापति शेरबहादुर देउवाको प्यानलले पूर्णता पाएको छ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि हुने चुनावमा कृष्णप्रसाद सिटौलासँग गठबन्धन गरेर देउवाले आफ्नो प्यानल तयार पारेका हुन् ।

    देउवाको प्यानलको उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का रहेका छन् भने महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेल रहेका छन् ।



    त्यस्तै सहमहामन्त्रीका लागि आदिवासी जनजातिको तर्फबाट भीष्मराज आङ्देम्बे, दलित तर्फबाट मानबहादुर बिक, महिलामा डिना उपाध्याय, मधेशीमा महेन्द्र यादव, खस आर्यमा किशोर सिंह राठौर, थारुमा उमाकान्त चौधरी, मुस्लिममा फरमुल्लाह मन्सुर र पीछडिएको क्षेत्रबाट जीवन शाही उम्मेदवार बन्ने भएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार