Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • सिटौलालाई प्रस्तावक बनाएर सभापतिमा उम्मेदवारी दर्ता गराए देउवाले

    सिटौलालाई प्रस्तावक बनाएर सभापतिमा उम्मेदवारी दर्ता गराए देउवाले

    अनलाइन नेपाल
  • शनिबार, २५ मंसिर २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न १४औं महाधिवेशनमा फेरि सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

    आफ्नो प्यानल फाइनल गरेलगत्तै उनले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । देउवाको प्रस्तावकमा कृष्णप्रसाद सिटौला र बालकृष्ण खाँड रहेका छन् ।



    देउवाले आफ्नो फेसबुकमा समेत उम्मेदवारी दर्ता गराएको जानकारी गराएका छन् । उनले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्–‘नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदबारी दिएको छु । कांग्रेसलाई बलियो बनाउदै आगामी स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचनमा पार्टीलाई बहुमत दिलाउने मेरो एउटै लक्ष्य छ । यो लक्ष्यमा सबैको साथ र सहयोगको अपेक्षा गरेको छु ।
    जय नेपाल ।’



    मनोनयन दर्ताका लागि देउवा दलबलसहित सभागृहमा पुगेका थिए । देउवाको दर्तासँगै कांग्रेस सभापतिका लागि पाँच जनाको उम्मेदवारी परेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार