Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

देउवाको कन्फिडेन्स, ‘पहिलो चरणमै जित्छु’

काठमाडौं । नेपाली कांग्रेसका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको सभापतिमा आफूले नै जित्ने दाबब्ी गरेका छन्।

१४ औं महाधिवेशनमा पनि नेतृत्वमा दोहोरिन उम्मेदवारी दर्ता गराएका उनले आफू पहिलो चरणमै विजयी हुने विश्वास व्यक्त गरेका छन्। सभापतिमा ६ जना प्रतिस्पर्धी छन्। विजय हुन ५० प्रतिशतभन्दा धेरै मत ल्याउनुपर्ने कांग्रेस विधानको व्यवस्था भएकाले देउवाले पहिलो चरणमै ५० प्रतिशतभन्दा धेरै मत ल्याउने दाबी गरेका हुन्।

त्यस्तै आफू पार्टीको नेतृत्वमा आए निर्वाचनमा बहुमत ल्याउने पनि दाबी गरे। सभापतिका अर्का उम्मेदवार डा शेखर कोइरालाले सङ्घीय संसद् नचलेको, न्यायपालिकाको अवस्था राम्रो नरहेको तथा मुलुकको आर्थिक अवस्था पनि बेहाल रहेकाले आफ्नो नेतृत्वमा बनेको समूहले देशको परिस्थिति र पार्टी भित्रको अवस्थालाई सुधार गर्न नयाँ सोच र विचारका साथ कार्यक्रम लिएर अगाडि बढ्ने बताए।

सभापतिका अर्का उम्मेदवार पूर्वमहामन्त्री प्रकाशमान सिंहले अवधारणामार्फत सभापतिमा आफ्नो उम्मेदवारी किन भन्ने यसअघि नै जानकारी गराइसकेको बताए। “देशभरकै महाधिवेशन प्रतिनिधिले तपाईँले महामन्त्री र उपसभापति भएर इतिहास रचिसक्नुभएको छ। यसपटक स्वभाविक सभापतिको उम्मेदवार हुनुपर्छ भनेकाले उम्मेदवारी दिएको हुँ”, उनले भने।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077