Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कांग्रेसका चर्चित अनुहार जसले कुनै पनि पदमा उम्मेदवारी दिएनन्

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको निर्वाचन प्रक्रिया शुरु भइसकेको छ। शनिबार पदाधिकारीसहित अन्य पदमा उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन्।

कांग्रेसको नयाँ नेतृत्वका लागि ६ जना नेताहरुले दाबी गरेका छन्। उपसभापतिमा ७ जनाको उम्मेदवारी परेको छ भने महामन्त्रीमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

आइतबार ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय निर्धारण गरिएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार आइतबार सवा १२ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिनेछ।

कांग्रेसको १४ औं महाधिवेशनका केही चर्चित अनुहारहरुले कुनै पनि पदमा उम्मेदवारी दिएनन्। सभापतिको दावेदार भनिएका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरु चुनावी प्रतिस्पर्धाबाट अलग भएका छन्।

पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि कुनैपनि पदमा उम्मेदवारी दिएनन्। उनले सभापतिमा शेरबहादुर देउवा नेतृत्वको प्यानललाई समर्थन गरेका छन्।

पूर्व उपसभापति गोपालमान श्रेष्ठले समेत कुनैपनि पदमा उम्मेदवारी नदिएको बताइन्छ। परराष्ट्रमन्त्री डा. नारायण खड्काले समेत कुनैपनि पदमा मनोनयन दर्ता गराएनन्।

त्यस्तै नेताहरु प्रदीप गिरी, र नरहरी आचार्यले पनि केन्द्रीय समितिका कुनै पदमा उम्मेदवारी दिएनन्। केही नेताहरुले माग गरेको पदमा गुटबाट साथ पाएनन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077