Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

देउवाविरुद्ध मोर्चाबन्दी गर्ने निधिको उद्घोष

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार रहेका विमलेन्द्र निधिले प्रधानमन्त्री समेत रहेका सभापतिका अर्का उम्मेदवार वर्तमान सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी गर्ने बताएका छनन् ।

पाँच जना उम्मेदवार रहेको सभापतिमा पहिलो चरणमा कोही पनि विजयी नहुने दावी गर्दै उनले दोस्रो चरणमा देउवाविरुद्ध मोर्चाबन्दी गर्ने बताएका हुन् ।

महाधिवेशनस्थल भृकुटीमण्डपमा पत्रकारसँगको कुराकानीमा उनले भने–‘पहिलो चरणमा कोही पनि विजयी हुँदैनन् । सभापतिको निर्वाचन दोस्रो चरणसम्म लम्बिन्छ । दोस्रो चरणमा प्रकाशमान सिंह र शेखर कोइरलासँग मिलेर म आफै पनि देउवाविरुद्ध मोर्चाबन्दीमा उत्रिन्छौं ।’

आफूहरु नेतृत्व परिवर्तनको पक्षमा रहेको भन्दै उनले भने–‘दोस्रो चरणमा हामी तीन जनाले देउवाविरुद्ध मोर्चाबन्दी गर्छौं । हामी नेतृत्व परिवर्तनको पक्षमा छौं ।’

कांग्रेसको सभापतिमा जित हासिल गर्न खसेको कुल मतको ५१ प्रतिशत मत ल्याउनुपर्नेछ । निधिले सभापतिका उम्मेदवार धेरै भएकाले पहिलो चरणमा कसैले ५१ प्रतिशत मत नल्याउने दावी गरेका हुन् ।

पत्रकारहरुसँग उनले आफूले रामचन्द्र पौडेललाई सर्वसम्मत रुपमा अध्यक्ष बनाउन आग्रह गरे पनि सभापति शेरबहादुर देउवाले नमानेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077