Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कांग्रेस नेतृत्व चयनका लागि आज मतदान, सभापतिमा कडा टक्कर

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। १४ औं महािधवेशन अन्तरगत पार्टीको नयाँ कार्यसमिति चयनका लागि सोमबार बिहानबाट मतदान सुरु केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ।

समितिका अनुसार बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी रहेको छ। कुल १३४ पदका लागि मनोनयन दर्ता भएकोमा प्रदेश २ खुला केन्द्रीय सदस्य पदमा आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध निर्वाचित भइसकेका छन्। अब १३२ पदका लागि मतदान हुनेछ।

सबै पदका लागि मतदान सकिए लगत्तै सभापति पदको मतगणना सुरु हुने छ। कांग्रेसको विधानअनुसार सभापति पदका उम्मेदवारले विजयी हुन ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने उल्लेख छ। यदि कुनै उम्मेदवारले खसेको मतको ५१ प्रतिशत मत प्राप्त गर्न नसकेकामा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ।

दोस्रो चरणको मतदान भएमा पनि राष्ट्रिय सभागृहमै मतदान हुनेछ र मतगणना पनि सभागृहमै हुनेछ। पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुनेछ।

निर्वाचनमा मतदानका लागि ८७ वटा मतपेटिकाको व्यवस्था गरिएको छ। त्यस्तै, निर्वाचनमा २९ वटा मतपत्र प्रयोग गरिने समितिले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077