Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

‘देउवाका लागि गोली थाप्न तयार छु’ भन्दै भृकुटीमण्डपमा उफ्रिपाफ्री

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नतेृत्व चयनका लागि मतदान जारी छ। तोकिएको भन्दा ढिलो मतदान शुरु भएपछि मतदान प्रक्रिया लम्बिने अनुमान गरिएको हो।

यसबीच महाधिवेशनस्थल भृकुटीमण्डप क्षेत्रमा ।ंगीवीरंगी दृष्यहरु देख्न पाइएको छ। सोमबार नयाँ नेतृत्व चयनको लागि मतदान हुँदै गर्दा बाहिर सडकमा एक युवाले एकछिन रमिता देखाएका छन्।

भृकुटीमण्डपमा एक्ैले आएका ती युवकले शुरुमा शेरबहादुर देउवाको नारा लगाए। देउवाको डाइहार्ड फ्यान बताउने उनले सडकमा लडीबुडी नै खेले।

‘म शेरबहादुर देउवाको लागि गोली खान तयार छु । उहाँले जित्नै पर्छ । अरु आए भने कांग्रेस सकिन्छ,’ उनी भन्दै थिए। उनलाई हेर्नेको पनि ठूलो भीड लागेको थियो।

पछि प्रहरी आएर उनलाई नियन्त्रणमा लिन खोज्यो। उनको व्यवहार असामान्य भएपछि उनलाई सर्वसाधारणदेखि सञ्चारकर्मीले घेरे। अनि प्रहरीले उनलाई त्यसै छाडिदियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077