Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

मतदानस्थल ढुक्दै देउवा

काठमाडौं । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा रातिसम्म मतदानस्थलमा घुमिरहेका छन्। सोमबार दिनभर पनि मतदानस्थलमा बसेका उनी रातिसम्म पनि त्यतै रहेका छन्।

काठमाडौंको राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रको गेटमा दिनभर बसेर मतदातासँग मत मागेका देउवा अहिले राति ८ बजेतिर भृकुटीमण्डपस्थित मतदान केन्द्र छिरेका हुन्।

देउवाले आज दिउँसो राष्ट्रिय सभागृहमा रहेको बुथमा गएर मतदान गरेका थिए। कांग्रेस निर्वाचनका लागि राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा मतदान केन्द्र तोकिएको छ।

यसपटक कांग्रेसको सभापति पदमा देउवासहित विमलेन्द्र निधि, शेखर कोइराला र प्रकाशमान सिंह र कल्याण लगुरुङ प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077