Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कांग्रेस निर्वाचन : ४ ठाउँमा ड्रम खन्याएर सभापतिको मतगणना गरिने

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि मतदान जारी छ। मतदानको समय राति साढे १० बजेसम्म तोकिएको छ।

मतदान सकिनेबित्तिकै राति नै मतगणना शुरु हुने भएको छ। निर्वाचन समितिका सदस्य जेट रावलका अनुसार राति करिब १२ बजेबाट सभापतिका लागि भएको मतदानको मतगणना शुरु हुनेछ।

मतदान सकिएपछि मतदान भएको ड्रमको व्यवस्थापन, मुचुल्का तयार गर्नेलगायतको प्राविधिक काम गरिने र त्यसपछि मतगणना गरिनेछ। सभापतिको मतगणना राष्ट्रियसभा गृहमा ४ ठाउँमा ड्रम खन्याएर गरिने तयारी भइरहेको छ।

सभापतिको मतगणना रातभरमा सकिने बताइएको छ। सभापतिको टुंगो लागेपछि अन्य पदको मतगणना हुनेछ भने ती मतगणना पार्टी कार्यालय सानेपामा हुनेछ। सभापतितर्फ १२ वटा ड्रममा मत खसालिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077