Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

२३ सय मत गनियो : देउवा फराकिलो मतान्तरले अघि बढ्दै

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ।

कांग्रेसको निर्वाचन समितिले दिएको विवरणअनुसार हालसम्म २३०० मत गनिसकिएको छ। जसअनुसार शेरबहादुर देउवाले ११०६ मत पाएका छन्। शेखर कोइरालाले ८२२ मत पाएका छन्।

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार राति अबेर सम्पन्न निर्वाचनअन्तर्गत सभापति पदतर्फको मतगणाना भइरहेको हो।

सोमबार राति साढे ११ बजेसम्म भएको मतदानमा कुल ४ हजार ७४३ प्रतिनिधिमध्ये ४ हजार ६७९ मत खसेको थियो । निर्वाचनमा सभापति पदको प्रतिस्पर्धामा देउवासहित शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077