Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आफ्नै साथीको अश्लिल फोटो आफन्तलाई पठाई ब्ल्याकमेल गर्ने भारतीय नागरिक पक्राउ

    आफ्नै साथीको अश्लिल फोटो आफन्तलाई पठाई ब्ल्याकमेल गर्ने भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २८ मंसिर २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत महिलाको अश्लिल फोटो आफन्तलाई पठाई ब्ल्याकमेल गर्ने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

    बैदेशिक रोजगारको क्रममा दुबईमा एउटै कम्पनीमा काम गर्ने भारतको उत्तर प्रदेशका ३१ वर्षीय मोहम सालिमले आफ्नै नेपाली महिला साथीलाई ब्ल्याकमेल गर्न थालेपछि उनी पक्राउ परेका हुन् ।



    नग्न तस्बिरमा नेपाली युवती (सालिमका साथी) को अनुहारको भाग जोडी आफन्तलाई पठाई महिलालाई जबरजस्ती भेट्न धम्की दिने उनी कलंकीबाट आइतबार पक्राउ परेका हुन् ।



    पटक–पटक महिलाको इच्छा विपरित ब्ल्याकमेल गरी भेट्ने प्रस्ताव गरिरहेका सालिमलाई महिलाकै सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।

    भारत उत्तर प्रदेश माऊ जिल्ला कोपागंज दोस्तपुरा घर भएका सालिम र नेपाली महिला दुवईको एउटै कम्पनीमा काम गर्थे ।

    नेपाल फर्किएपछि सालिमसँग टाढा हुन खोजेकी उनलाई सालिमले पटक–पटक आफूलाई नभेटेमा ‘दुवईमा हुँदा सेक्स गरेको भिडियो छ, सार्वजनिक गरिदिन्छु’ भन्दै ब्ल्याकमेल गर्दै आएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

    हुन्छ भेट्छु भन्दै नेपाल बोलाएकी उनले अन्ततः प्रहरीको सहयोगमा सालिमलाई पक्राउ गराएकी हुन् । सालिमलाई प्रहरीले होटलबाट पक्राउ परेको हो ।

    अहिले उनीविरुद्ध विद्युतीय अपराध ऐन, २०६३ अनुसार ५ दिन म्याद थप गरेर काठमाडौं प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार