Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

विमलेन्द्र निधिद्वारा देउवालाई मतदान गर्न अपिल (विज्ञप्तिसहित)

काठमाडौं । नेपाली कांग्रेसका उप–सभापति विमलेन्द्र निधिले सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई मतदान गर्न अपील गरेका छन् ।

मंगलबार निधिले विज्ञप्ति नै जारी गरेर सभापतिमा देउवालाई मतदान गर्न आग्रह गरेका हुन् । आफूलाई सभापतिमा मतदान गर्ने प्रतिनिधिहरुप्रति आभा प्रकट गर्दै उनले भनेका छन्–‘निर्वाचनमा मलाई साथ दिने साथीहरू र मलाई मतदान गर्ने महाधिवेशन प्रतिनिधि साथीहरूप्रति हार्दिक आभार प्रकट गर्दछु । सम्मानीय प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान टेलिफोन गरेर र मेरो निवासमा आएर आफूलाई समर्थन गर्नको लागि गर्नुभएको आग्रहलाई स्विकार गर्दै सभापति पदका लागि हुने दोस्रो चरणको मतदानमा उहाँलाई समर्थन गर्ने निर्णय गरेको छु।’

‘पहिलो चरणको निर्वाचनमा मलाई साथ दिने र मतदान गर्ने महाधिवेशन प्रतिनिधि साथीहरुलाई दोस्रो चरणको मतदानमा सभापति पदमा शेरबहादुर देउवाजीलाई समर्थन गर्दै अमूल्य मत प्रदान गर्न सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरुलाई अनुरोध गर्दछु। धन्यवाद।’ निधिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सभापतिका उम्मेदवार निधि प्रकाशमान सिंह र कल्याण गुरुङ बाहिरिएपछि आज दास्रो चरणमा देउवा र डा. शेखर कोइरालाबीच निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077