Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कांग्रेस निर्वाचन : दोस्रो चरणको मतदानमा २५ सयभन्दा बढी मत खस्यो

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्व चयनका लाथि मतदान जारी छ।

पहिला चरणको मतदानमा सभापति चयन हुन नसकेपछि राष्ट्रिय सभागृहमा दोस्रो चरणको मतदान भइरहेको छ। सोमबार भएको मतदानपछिको मतगणनामा सभापतिका कुनै पनि उम्मेदवारले जीतका लागि मत हासिल गर्न नसकेपछि आज फेरि मतदान भएको हो।

दोश्रो चरणमा हालसम्म २ हजार ५ सयभन्दा बढी मत खसिकेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ। मतदानका लागि सभागृहमा ६ वटा बुथको व्यवस्था गरिएको छ।

दोस्रो चरणमा सभापतिकाक लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको छ। मतदानस्थलमा यतिबेला देउवा र कोइराला आफ्नो पक्षमा माहौल बनाउन लागिपरेका छन्।

दोस्रो चरणको चुनावमा पहिलो चरणमा चुनावी दौडबाट बाहिरिएका तीनै उम्मेदवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गर्ने घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077