Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अर्थ मन्त्रालयको अधिकृत हुँ जागर लगाइदिन्छु भनेर लाखौं ठगी गर्ने पुरुष पक्राउ

काठमाडौं । प्रहरीले जागिर लगाइदिन्छु भनी ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाही घर भई हाल काठमाडौँको बबरमहल बस्ने ३८ वर्षीय सञ्जीव कुमार साह रहेका छन्। साहले आफू अर्थ मन्त्रालयको लेखा अधिकृत भएको भनेर जागिर लगाइदिन्छु भन्दै लाखौँ ठगी गरेको बताइएको छ।

उनले भक्तपुर घर भएका उत्सव सुजखुलाई एभरेस्ट बैंकको उपत्यकाको कुनै पनि स्थानमा जागिर लगाइदिन्छु भन्दै २ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जानकारी दिएको छ।

सुजखुको उजुरीको आधारमा अपराध महाशाखाको टोलीले साहलाई नियन्त्रणमा लिएको हो। आवश्यक कारबाहीका लागि उनलाई महानगरीय प्रहरी परिसर टेकु पठाइएको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077