Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

देउवालाई साथ दिने सिंह र निधिको रुने दिन आउँछ : पाण्डे

काठमाडौं । नागरिक अगुवा देवेन्द्रराज पाण्डेले नेपाली कांग्रेसका नेताहरु विमलेन्द्र निधि र प्रकाशमान सिंहले रुने दिन आउने बताएका छन्।

पाण्डेले देउवालाई सहयोग गरेका नेताद्वय सिंह र निधिले पदका लागि देउवालाई समर्थन गरेको भन्दै कटाक्ष गरेका हुन्। उनले यी दुई नेताले केही महिनापछि देउवाले दिन्छु भनेको पद दिएनन् भनेर रुनुपर्ने दिन आउने दाबी गरेका छन्।

‘केही महिनापछि प्रकाशमानले ‘देउवाजीले मलाई यो पद दिन्छु भनेर दिनुभएको वाचा तोड्नुभयो’ भनेर गर्ने रोदन पनि हाम्ले सुन्नु–हेर्नुपर्नेहोला। त्यस्तै विमलेन्द्र निधिको हकमा पनि’, पाण्डेले मंगलबार साँझ सामाजिक सञ्जालमा लेखेका छन्।

कांग्रेसको १४औं महाधिवेशनमा नेताद्वय सिंह र विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिएका थिए। पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा मतदान जारी छ। दोस्रो चरणको मतदानमा निधि र सिंहले देउवालाई साथ दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077